Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र ‘केपी ओली कप’को सेमिफाइनलमा

    चर्च ब्वाइजलाई हराउँदै मछिन्द्र ‘केपी ओली कप’को सेमिफाइनलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

    एन्फा कम्प्लेक्समा शुक्रबार चर्च ब्वाइज युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै मछिन्द्र अन्तिम चारमा पुगेको हो ।



    मछिन्द्रलाई जित दिलाउन कप्तान सुजल श्रेष्ठ र रंजित धिमालले एक एक गोल गरे ।



    खेलको १६ औं मिनेटमा सुजलले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाए । ४० औं मिनेटमा रंजितले गोल गर्दै मछिन्द्रको अग्रता २-० को बनाए ।

    त्यसपछि खेलको ६५ औं मिनेटमा मछिन्द्रका छिरिङ गुरुङले आत्मघाती गोल गरेपनि मछिन्द्र २-१ ले विजयी भयो ।

    मछिन्द्रले फाइनल प्रवेशका लागि भोलि हुने केपी एफसी र जावलाखेल युथ क्लबबीचको विजेता टीमसँग प्रतिस्पर्धा गर्नेछ ।

    आजै सम्पन्न पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) लाई टाइब्रेकरमा पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ । आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार