Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • वाग्मती सरकारबाट राप्रपाका तीन मन्त्रीले दिए राजीनामा

    वाग्मती सरकारबाट राप्रपाका तीन मन्त्रीले दिए राजीनामा

    अनलाइन नेपाल
  • शनिबार, १३ फाल्गुन २०७९
  • 507
    SHARES

    हेटौंडा । वाग्मती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै तीन मन्त्रीले राजीनामा दिएका छन् ।

    उनीहरुले शनिबार राति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।



    राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले राजीनामा बुझाएका छन् ।



    केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताएपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो । वाग्मती प्रदेशमा राप्रपाको १३ सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार