Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलसँग लेस्टर सिटी पराजित

    इंग्लिस प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलसँग लेस्टर सिटी पराजित

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 468
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ ।

    गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे । उनले खेलको ४६औँ मिनेटमा गोल गरेका थिए ।



    जितसँगै आर्सनलले २४ खेलमा ५७ अङ्क जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा २ अङ्कले अघि छ ।गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–१ गोलले हरायो । सिटीको २५ खेलमा ५५ अङ्क रहेको छ ।



    त्यस्तै अरु खेलमा लिड्स युनाइटेडले साउथह्याम्पटनलाई १–० गोलले, वेस्ट ह्यामले नटिङ्घम फरेस्टलाई ४–० गोलले, एस्टनभिल्लाले एभर्टनलाई २–० गोलले हराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार