Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पहिलो पटक नेपालमा महिला फुटबलको ओलम्पिक छनोट हुने

    पहिलो पटक नेपालमा महिला फुटबलको ओलम्पिक छनोट हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ फाल्गुन २०७९
  • 858
    SHARES

    काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । एसिया छनोटको पहिलो चरण अन्तर्गत समूह ‘सी’ को छनोट खेलहरु नेपालमा आयोजना हुने भएको हो ।

    छनोटमा नेपालसँगै भियतनाम, प्यालेस्टानइन र अफगानिस्तान समूह ‘सी’ मा छन् । प्यालेस्टाइनले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भेतनाम र अफगानिस्तानसँग मात्रै प्रतिस्पर्धा गर्नेछ ।



    पहिलो चरणको खेल अप्रिल ३ देखि ११ सम्म आयोजना हुनेछ । पहिलो चरणको खेलमा समूह विजेता बन्ने टीमले दोस्रो चरण खेल्नेछ । उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया यसअघि नै दोस्रो चरणमा पुगिसकेका छन् ।



    दोस्रो चरणमा सबै टीमहरूलाई तीन समूहमा विभाजन गरिनेछ । सबै समूहको विजेता र एक उत्कृष्ट उप(विजेता तेस्रो चरणको प्रतियोगिताका लागि छनोट हुनेछन् । तेस्रो चरणका शिर्ष दुई टीले पेरिस ओलम्पिकमा स्थान बनाउनेछन् ।

    नेपालले ओलम्पिक छनोटको तयारीका लागि भारतसँग दुई मैत्रिपूर्ण खेल खेलेको थियो । भारतसँगको पहिलो खेल नेपालले २(२ को बराबरी र दोस्रो खेल गोलरहित बराबरी खेलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार