Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकारबाट बाहिरिने एमालेको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

    सरकारबाट बाहिरिने एमालेको निर्णय, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 429
    SHARES

    काठमाडौं । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।

    पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।



    उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।



    बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाउने तयारी गरेको छ ।

    एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता गर्ने निर्णय गरेको छ। नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन्।

    आइतबार जेनेभा प्रस्थान गर्न लागेकी परराष्ट्रमन्त्री डा.विमला पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि एमालेले आकस्मिक बैठक बोलाएको थियो। सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार