काठमाडौं । सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै सातदोबाटो उपाधि नजिक पुगेको हो ।
आइतबार पूरा नभएको खेलको दोस्रो हाफ आज खेलाइएको हो ।
निर्धारित ९० मिनेटको गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा सातदोबाटोले बाजी मार्यो।
अब फाइनलमा सातदोबाटोले आयोजक केपी ओली एफसी र मछिन्द्र फुटबल क्लब बीचको विजेतासँग खेल्नेछ ।
वर्षाका कारण दोस्रो हाफ प्रभावित भएको दुई टोली बीचको खेलको दोस्रो हाफ आज हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।