Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • प्रचण्डको अपमान सहेर सरकारमा बस्न सकिएन : केपी ओली

    प्रचण्डको अपमान सहेर सरकारमा बस्न सकिएन : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 849
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नसुध्रिएको बताएका छन्।

    सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘हामीमाथि अपमान गर्ने काम भयो, सरकारमा रहेका प्रधानमन्त्री प्रचण्डले अपमान गरे । उनको स्थिति बदलिएको भन्ने सोचेका थियौं, अझै व्यवहार परिवर्तन भएको रहेनछ। अब यही अपमान सहेर सरकारमा बस्न सकिएन।’

    सुध्रिएका हुन् कि भनेर विगतका सबै कुरा बिर्सेर सहकार्य गरेपनि त्यस्तो नदेखिएको उनको भनाई छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय पनि गरेको छ।

    आइतबार संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जान लागेकी परराष्ट्रमन्त्री विमला पौड्याललाई रोकिएपछि एमालेले आकस्मिक सचिवालय बैठक राखेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार