Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • आयोजकलाई हराउँदै मछिन्द्र केपी ओली कपको फाइनल

    आयोजकलाई हराउँदै मछिन्द्र केपी ओली कपको फाइनल

    अनलाइन नेपाल
  • सोमबार, १५ फाल्गुन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । मछिन्द्र क्लब आयोजक केपी एफसीलाई १–० को नतिजामा पराजित गर्दै केपी ओली कपको फाइनलमा पुगेको छ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनलमा आयोजकविरुद्ध विमल घर्ति मगरले १९औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो।



    अब मछिन्द्रले उपाधिका लागि सातदोबाटो युथ क्लबसँग खेल्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

    सातदोबाटो पहिलो खेलमा नेपाल पुलिस क्लब र दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार