Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • महत्त्वपूर्ण मन्त्रालयसहित कांग्रेस सरकारमा जान्छ : प्रदीप पौडेल

    महत्त्वपूर्ण मन्त्रालयसहित कांग्रेस सरकारमा जान्छ : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 465
    SHARES

    नवलपरासी । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन् ।

    नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।



    उनले भने,’आठदलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ। केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालय सहित हाम्रो पार्टी सरकारमा जाँदैछ । अन्य दल पनि सहभागी हुनेछन् ।’



    पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली सुपर प्रधानमन्त्री बन्न खोजेकाले गठबन्धन सरकार नटिकेको बताए ।

    कांग्रेसले कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने पौडेलको भनाइ छ । देश आर्थिक संकटमा जाँदै गरेकाले अहिले राष्ट्रिय सहमतिमा सबैले जोड दिनुपर्ने पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार