Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • काठमाडौं महानगरका मेयर बालेन र प्रदीप पौडेलबीच भेटवार्ता

    काठमाडौं महानगरका मेयर बालेन र प्रदीप पौडेलबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 537
    SHARES

    काठमाडौं । कांग्रेस नेता एवं काठमाडौं ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका मेयर बालेन साहसँग भेटवार्ता गरेका छन्।

    काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद पौडेलले भेटमा महानगरपालिकाका गतिविधिसँगै काठमाडौं उक्त क्षेत्रसँग सम्बन्धित विकास निर्माणका योजनाका विषयमा छलफल भएको छ ।



    सांसद पौडेलले क्षेत्र नम्बर ५ को विकासका सन्दर्भमा मेयर शाहलाई स्थानीय सरकारको तर्फबाट आवश्यक समन्वय, सहयोग र सहकार्यका लागि आग्रह गरेका छन् ।



    सांसद पौडेल र मेयर साहबीच कलङ्कीदेखि धोबीखोलासम्म चक्रपथ विस्तारलाई तीव्रता दिन आवश्यक पहल र सहकार्य गर्ने, सामाखुसी करिडोर निर्माण गर्न समन्वय गर्ने र व्यवस्थित ढङ्गले निर्माण कार्य अघि बढाउने विषयमा समेत कुराकानी भएको पौडेलको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार