Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट हलमा

    चलचित्र ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ आजबाट हलमा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 564
    SHARES

    काठमाडौं । आजबाट सिनेमा हलमा दुई नेपाली ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन् ।

    सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् ।



    दुवै चलचित्रले राम्रो शो पाएका छन् । शुक्रबार बिहानसम्म क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ६६ शो पाएको छ । जसमध्ये केही शोको बुकिङ फिलिङ फाष्टमा गएका छन् ।



    बुकिङ खुलाउँदा मंगलबार यसले ५३ शो पाएको थियो । ‘छड्के–२’ लाई ३८ शो दिइएको छ । मंगलबार बिहान यसलाई ३९ शो प्रदान गरिएको थियो ।

    यो चलचित्रमा भने कुनै पनि हलमा कुनै पनि शोको बुकिङमा फिलिङ फास्ट देखिएको छैन । क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ ले ‘छड्के–२’ भन्दा ३८ शो बढी पाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार