Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रपति निर्वाचनमा भोट माग्दै एमाले नेता लोसपा कार्यालयमा

    राष्ट्रपति निर्वाचनमा भोट माग्दै एमाले नेता लोसपा कार्यालयमा

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 429
    SHARES

    काठमाडौं । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यालयमा पुगेका छन् ।

    लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा सहयोग मागेका हुन् ।



    नेम्वाङको साथमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता गएका थिए ।



    २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि नेम्वाङले बिहीबारदेखि भोट माग्ने अभियान थालेका छन् ।

    उनले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासँग सहयोग मागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार