Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जुवाको खालबाट १२ जना पक्राउ, एक लाख ६० हजार रुपैयाँ बरामद

    जुवाको खालबाट १२ जना पक्राउ, एक लाख ६० हजार रुपैयाँ बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ललितपुर महानगरपालिका–१४ थसिखेलबाट एक लाख ६० हजार रुपैयाँसहित १२ जना जुवाडे पक्राउ परेका छन् ।

    गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ईश्वरी खड्काको घरको तेस्रो तलाबाट उनीहरुलाई पक्राउ गरेको हो ।



    उनीहरुको साथबाट एक लाख ६० हजार १५ रुपैयाँ नगद तथा नौ बुक ताससमेत बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका– १४ नख्खिपोट बस्ने वर्ष ५० की कान्छि माया तामाङ, तिखेदेवल बस्ने वर्ष ३६ की निता थापा, वर्ष ४२ की निलीमा राई, नख्खिपोट बस्ने वर्ष ५२ की लक्ष्मी गुरुङ, वर्ष ५१ की ईश्वरी खड्का (घरधनीरजुवा खेलाउने ब्यक्ति), वर्ष ५९ की मन्जु गुरुङ न्यौपाने रहेका छन् ।

    यस्तै ललितपुर महानगरपालिका–४ धोबिघाट बस्ने वर्ष ४९ को राज कुमार केसी, तिखेदेवल बस्ने वर्ष ३७ को बिल बहादुर लामा, वडा नं २३ धापाखेल बस्ने वर्ष ५० को शंकर बिश्वकर्मा, काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने वर्ष ४० को निमा लामा तामाङ, ललितपुर–१५ सातदोबाटो बस्ने वर्ष ४० को जीवन घिसिङ, काठमाडौं १५ डल्लु बस्ने वर्ष ४२ को निङ्‍मा तामाङ रहेका छन् ।

    उनीहरुमाथि प्रहरीले आवश्यक कारबाही तथा अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार