Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 453
    SHARES

    फाइल फोटो

    काठमाडौंं । शहीद स्मारक ‘ए’डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछन् ।

    शनिबार च्यासल मैदानमा दिउँसो साढे दुई बजे नेपाल पुलिस क्लब र ए डिभिजनको नवप्रवेशी चर्च व्याइज युनाइटेडबीच खेल हुँदा दशरथ रंगशालामा सोहि समयमै एपीएफ क्लब र थ्रीस्टार क्लब भिड्नेछन् ।



    यसैगरी, साँझ साढे ५ बजे मनाङ्ग मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुनेछ ।



    तीन मैदानमा आयोजना हुने शीर्ष डिभिजनको लिग यसपालि डबल राउण्ड रोबिनका आधारमा २५ जेठसम्म चल्नेछ ।

    ‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

    लिगमा सहभागी १४ क्लबबीच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार