Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाह भोलि विश्वासको मत लिने

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह भोलि विश्वासको मत लिने

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 432
    SHARES

    फाइल तस्विर

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोली विश्वासको मत लिने भएका छन् ।

    मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाएका हुन् ।



    सभामुख भीमबहादुर भण्डारीले आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भइरहेको जानकारी दिए ।



    मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार