Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एमालेविरुद्धको संगठित समूहलाई अत्याउनै पर्छ : केपी ओली

    एमालेविरुद्धको संगठित समूहलाई अत्याउनै पर्छ : केपी ओली

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुण्ठाग्रस्त समूहविरुद्ध एक्लै भए पनि विचार प्रवाह गरिरहनु पर्ने बताएका छन् ।

    एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्,तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन् । नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन् ।’



    उनले विरोधी जमातले संगठित र सक्रिय ढंगले सामाजिक संजालबाट एकैपटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट आत्तिन नहुने बताए ।

    ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह गरे ।

    अध्यक्ष ओलीले एमालेनिकट बुद्धिजिवीहरुलाई तयारीका साथ संगठित भएर गलत विचारविरुद्ध सही विचार प्रवाह थाल्न आग्रह गरे ।

    उनले त्यसो गर्दा नकारात्मक कमेन्ट आए भने आफू सही ठाउँमा छौं भन्ने बुझ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार