Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज विश्वासको मत लिँदै

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 882
    SHARES

    फाइल तस्विर

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री शाहले शुक्रबार प्रदेश सभा सचिवालयलाई आइतबार विश्वासको मत लिनका लागि आवश्यक व्यवस्थापन मिलाउन आग्रह गर्दै पत्र पठाएका थिए ।

    सोही अनुसार मुख्यमन्त्री शाह आज विश्वासको मत लिन लागेका हुन् । सभामुख भीमबहादुर भण्डारीका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने गरी व्यवस्थापन भएको छ ।



    संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा ९४० अनुसार नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।



    एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई माघ २६ मा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते नेकपा एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।

    अहिले पनि राष्ट्रपति चुनावको सम्मुखमा बनेको आठ दलीय गठबन्धनभित्र सुदूरपश्चिममा गडबड देखिएको छ । गठबन्धनमा आवद्ध दलहरू माओवादी केन्द्र र नागरिक उन्मुक्तिले गठबन्धनकै प्रमुख घटक कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार