Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम

    प्रधानमन्त्री प्रचण्डलाई मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछ : बाबुराम

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 3K
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको बताएका छन् ।

    आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् ।



    भट्टराईले भने ‘मैले एउटा मन बनाइसकेको छु, ‘मिल्न सक्नेहरू जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ । अहिले यत्रो आक्रमण भइरहेको छ ।’



    तीन वर्षअघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याइएको उनले बताए ।

    पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भट्टराईको आरोप छ ।

    यस्ता मुद्दामा सबै माओवादी एक ठाउँमा उभिन उनले आव्हान गरे । त्यसका लागि कार्यगत एकतामा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार