Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    लिभरपुलसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 915
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडमाथि लिभरपुलले फराकिलो जित निकालेको छ ।

    आइतबार राति भएको खेलमा लिभरपुलले युनईटेडमाथि ७–० को गोल अन्तरले जित निकालेको हो ।



    लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २ २ तथा रोबर्टो फिर्मीनोले एक गोल गरे । यो जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ ।

    पराजित युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा कायमै छ। यो लज्जास्पद हारले युनाइटेडलाई दोस्रो स्थानको म्यान्चेष्टर सिटीसँगको अंक दूरी घटाउने मौकासमेत गुमेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार