Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट

    तरकारी भान्छामा पुगेपछि आउँछ विषादी परिक्षणको रिपोर्ट

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 768
    SHARES

    काठमाडौँ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो ।

    विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।



    कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो ।



    लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो ।

    केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बिहान ७–८ बजेतिर बजारबाट तरकारीको नमुना सङ्कलन गर्छ र १० बजेतिर विषादी परीक्षणको रिपोर्ट तयार हुन्छ ।

    समितिका अनुसार सामान्यतः कालीमाटी बजारमा तरकारी राति १२ बजेदेखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ७–८ बजेसम्ममा कालीमाटीबाट खुद्रा व्यापारीले त्यो तरकारी लगिसकेका हुन्छन् ।

    तरकारी भान्छामा पुर्‍याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार