Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग–२ : यूएईमाथि नेपालको सनसनीपूर्ण जित

    आईसीसी विश्वकप लिग–२ : यूएईमाथि नेपालको सनसनीपूर्ण जित

    अनलाइन नेपाल
  • सोमबार, २२ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ ।

    यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा २३० रनको विजयी लक्ष्य पछ्याएको यूएई १८७ रनमा समेटिएपछि नेपाल विजयी भएको हो ।



    यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।



    नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए । यो जितसँगै नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै राखेको छ ।

    यस्तै नेपाल, युएई र पपुवा न्युगिनीबीच अब नेपालमा फागुन २५ देखि लिग(२ को अन्तिम सिरिज हुँदैछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार