Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • चार दिनमा ‘छक्का पञ्जा–४’को कमाइ ६ करोड हाराहारीमा

    चार दिनमा ‘छक्का पञ्जा–४’को कमाइ ६ करोड हाराहारीमा

    अनलाइन नेपाल
  • मंगलबार, २३ फाल्गुन २०७९
  • 912
    SHARES

    काठमाडौं । नेपाली चलचित्र ‘छक्का पञ्जा–४’ले चार दिनमा ६ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

    गत शुक्रबार रिलिज भएको चलचित्रले सोमबारसम्म चार दिनमा सात करोडभन्दा माथि ग्रसकलेक्सन गरेको हो ।



    सुरुवाती दुई दिनमा तीन करोड कमाएको फिल्मले सोमबार होलीको बिदामा डेढ करोडभन्दा बढी ग्रस कमायो ।



    आइतबार मात्रै फिल्मको कमाइ झण्डै एक करोड हाराहारीमा रह्यो । वितरण कम्पनी ब्यांकटेसले चार दिनमा फिल्मको कमाइ झण्डै ६ करोड हाराहारीमा रहेको जनाएको छ ।

    १४० हलमा प्रदर्शन भइरहेको फिल्म ‘छक्का पञ्जा–४’ मा दीपकराज गिरी, केदार घिमिरे, बुद्दि तामाङ, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार