Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • टर्कीका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर सहयोग

    टर्कीका भूकम्प पीडितलाई रोनाल्डोले गरे साढे ३ लाख डलर सहयोग

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 474
    SHARES

    एजेन्सी। फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरिया र टर्कीमा आएको भूकम्पका पीडितको सहायताका लागि ठूलो मात्रामा सहयोग गरेका छन् ।

    रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत ३ लाख ५० हजार अमेरिकी डलरबराबरको सरसामान पठाएका हुन् ।



    साउदी क्लब अल नासरका लागि खेलिरहेका पोर्चुगिज सुपरस्टारले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाए ।



    आफ्नो आम्दानीको केहि हिस्सा सामाजिक कार्यका लागि दान गर्दै आएका उनले यसअघि आफ्नो देश पोर्चुगलमा बालबालिकाको मस्तिस्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए ।

    रोनाल्डोले सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका छन् । कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतारुलाई उनले १० लाख डलर सहयोगसमेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार