Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • झलनाथ खनालले भने – पाँच वर्षसम्म गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहन्छ

    झलनाथ खनालले भने – पाँच वर्षसम्म गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहन्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 357
    SHARES

    फाइल तस्विर

    मोरङ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले पाँच वर्षका बीचमा गठबन्धन बन्ने र भत्किने श्रृंखला चलिरहने बताएका छन्।

    मोरङको उर्लाबारीमा बुधबार आयोजित कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले तीन महिनामा तीन वटा गठबन्धन बनेकाले गठबन्धनको श्रृंखला पाँच वर्षसम्म चलिरहने बताए।



    खनालले भने, ‘मंसिर ४ मा निर्वाचन भयो, जम्मा अहिले तीन महिना भइरहेको छ। तीन महिनामा तीन वटा समीकरण भए, तीन वटा गठबन्धन बने। पाँच वर्षको समय बाँकी छ। पर्खेर हेर्नुस्, गठबन्धनका श्रृंखलाहरू धेरै बाँकी छन् । धेरै गठबन्धन हेर्न बाँकी छ।’



    उनले तत्काल आफ्नो पार्टीको कुनै पनि पार्टीसँग एकताको संभावना नरहेको पनि बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार