Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • माओवादीधारका दलहरूको बैठक बालुवाटारमा बस्दै

    माओवादीधारका दलहरूको बैठक बालुवाटारमा बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 402
    SHARES

    काठमाडौं । तत्कालीन नेकपा माओवादीबाट फुटेर गएका तथा माओवादीको विचारसँग निकट राजनीतिक दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ८ बजे बस्नेछ ।

    प्रधानमन्त्रीमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् ।



    केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए । उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।



    पछिल्लो राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ।यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार