Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

    हात्तीपाइले विरुद्धको औषधि थप पाँच दिन खुवाइने

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 600
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने अभियानको अवधि थप गरेको छ । बिहीबारसम्म खुवाइने भनिए पनि थप पाँच दिनका लागि अभियान सञ्चालन गरिने भएको हो ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने जानकारी दिए । यसअघि यही फागुन ११ देखि सुरु भएको अभियान आज फागुन २५ गतेसम्मका लागि मात्र तोकिएको थियो ।



    उनले अभियानका क्रममा धेरै बिदा भएकाले कोही नछुटुन् भनेर भोलिदेखि पुनः पाँच दिन अभियानलाई निरन्तरता दिने बताए । हात्तीपाइले रोगविरुद्धको औषधि १५ जिल्लामा यही फागुन ११ गतेदेखि झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाएर खुवाइएको छ ।



    औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइने छ । औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ । हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । हात्तीपाइले रोग लागेका खुट्टा सुनिने, पुरुषमा अण्डकोष सुनिने तथा महिलामा स्तन सुनिने गर्दछ ।

    न्यिदब िदबलप
    महाशाखाले चार जिल्ला बारा, लमजुङ, पर्वत र बागलुङमा दुई प्रकारको औषधि र ११ जिल्लामा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, रसुवा, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा तीन प्रकारको औषधि खुवाएको छ । दुई प्रकारको औषधिमा अल्वेण्डाजोल र डाइइथाइल कार्बावाजिन तथा तीन प्रकारको औषधिमा अल्वेण्डाजोल, डाइइथाइल कार्बावाजिन र आइभरमेक्टिन खुवाइन्छ ।

    महाशाखाका महानिर्देशक डा दासले चार जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको संक्रमण नदेखिएकाले दुई प्रकारको औषधि र ११ जिल्लामा समुदायस्तरमा संक्रमण देखिएकाले तीन प्रकारको औषधि खुवाउनुपरेको बताए । उनका अनुसार अहिलेसम्म ७९ प्रतिशत औषधि खुवाइएको छ ।

    नेपालमा ४४ जिल्लामा गरिएको हात्तिपाइले रोगको रुग्णता मापन अध्ययनले ३१ हजार २९ जनालाई सङ्क्रमण देखिएको छ । अन्य जिल्लाको अध्ययन भइरहेको छ । शरीरमा हात्तीपाइलेको परजिवी रहेछ भने औषधिले मार्दछ र हात्तीपाइलेका कारण शारीरिक अपांगता हुँदैन । सरकारले औषधि निःशुल्क उपलब्ध गराउने गर्दछ । सरकारले सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार