Online Nepal
  • शनिबार, १० साउन २०८२
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु

    प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दामा सुनुवाइ सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 3.1K
    SHARES

    कठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा दर्ता मुद्दाको सुनुवाइ सुरु भएको छ।

    प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा अहिले सुनुवाइ सुरु भएको हो ।



    यसअघि उक्त रिट दर्ता गर्न पनि खतिवडासहितको इजलासले नै आदेश दिएको थियो। सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको रिट दर्ता गर्न न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुँयालको संयुक्त इजलासले आदेश दिएको थियो।

    बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिएको थियो। तर उनको एकल इजलास नबस्दा सुनुवाइ भएको थिएन।

    लगत्तै आजका लागि खतिवडाको इजलासमा पेसी तोकी सुनुवाइ थालिएको हो। प्रचण्डविरुद्ध द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरनसहित र चिरञ्जीवीवास गिरीसहितले छुट्टाछुट्टै रिट निवेदन दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार