Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ‘छड्के २’ फ्लप भएपछि अनमोलले भने- यसमा चुकें, आगामी फिल्मबाट विश्वास फिर्ता ल्याउनेछु

    ‘छड्के २’ फ्लप भएपछि अनमोलले भने- यसमा चुकें, आगामी फिल्मबाट विश्वास फिर्ता ल्याउनेछु

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 810
    SHARES

    काठमाडौं । फिल्म ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले पहिलोपटक धारणा सार्वजनिक गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै उनले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका हुन् ।



    आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।



    उनको आगामी फिल्म ‘जेरी :अन टप’ छायांकनको तयारीमा छ । घाम डुबेपछि भोलि नयाँ बिहानी उदाउने भन्दै उनले दर्शकको दुखेको घाउमा मल्हम लगाउने समेत बताएका छन् ।

    अनमोलले ‘छक्कापञ्जा ४’ लाई सफलताको बधाई समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार