Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा कुँवर

    नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा कुँवर

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले पाँच जना प्रहरी नायब महानिरिक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआइजी) मा बढुवा सिफारिस गरेको छ ।

    गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबारको बैठकले ५ डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।



    बैठकले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गर्न सिफासिर गरेको छ ।



    सिफारिस भएका डिआइजीलाई मन्त्रीपरिषद्ले एआइजीमा नियुक्त गर्नेछ । पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए ।

    दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् ।

    यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई थिए । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए ।

    बढुवा समितिको सिफारिसविरुद्ध उजुरी नपरे एक सातापछि सरकारले उनीहरूलाई एआईजीमा बढुवा गर्नेछ । एआईजीमा बढुवा हुने यीमध्येबाट एकजनाले आगामी चैत ११  गतेदेखि नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार