Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • अरु पार्टीजस्तो दैनिक फोहोरी खेलमा लाग्दैनौं : केपी ओली

    अरु पार्टीजस्तो दैनिक फोहोरी खेलमा लाग्दैनौं : केपी ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 444
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीहरु क्षणिक दैनिक फोहोरी खेलमा लागेको बताएका छन् ।

    नेकपा एमाले निकट खेलकुद महासंघका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    ओलीले भने, ‘हामी अरु पार्टीजस्तो क्षणिक दैनिक फोहारी खेलमा सामेल छैनौं, सामेल हुँदैनौं ।’



    एमाले देश बनाउन लागेको र देश बनाएपछि मात्र विश्राम लिने भन्दै आफूहरु म्याराथन दौडमा रहेको उनले बताए ।

    ओलीले एमाले लामो दौडको घोडा भएको उनले बताए ।उनले दुई तिहाइ नजिक पुगेको नेकपा पनि प्रचण्ड र माधव नेपालले फुटाएको आरोप लगाए ।

    ओलीले छिटो पनि नगरी, हतार पनि नगरी, योजनावद्ध ढंगले अघि बढ्नु पर्ने बताए । उनले आफूहरुले चलखेल पनि नगर्ने भन्दै चलखेल नगर्न सहभागीहरुलाई सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार