Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शहीद स्मारक ए डिभिजन लिग : मार्टिन्सको दुई गोलमा थ्री स्टारको पहिलो जित

    शहीद स्मारक ए डिभिजन लिग : मार्टिन्सको दुई गोलमा थ्री स्टारको पहिलो जित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 708
    SHARES

    काठमाडौं । अजयी मार्टिन्सले दुई गोल गरेपछि थ्री स्टारले शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा पहिलो जित हात पारेको छ ।

    त्यस क्रममा शुक्रबार उसले एफसी खुमलटारलाई २-० ले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारका मार्टिन्सले दुवै गोल दोस्रो हाफमा गरेका थिए ।



    मार्टिन्सले ५४औं मिनेटमा पहिलो गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । उनले ८३औ मिनेटमा दोस्रो गोल गर्दै जित पक्का गरे ।



    पहिलो जितपछि थ्री स्टारले ३ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमै एपीएफसँग पराजित भएको थ्री स्टारले दोस्रो खेलमा फ्रेण्ड्स क्लबसँग ३(३ को बराबरी खेलेको थियो ।

    ए डिभिजनमा डेब्यु सिजनमै पहिलो खेल जितेको नवप्रवेशी खुमलटारको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा फ्रेण्ड्सलाई हराएको खुमलटार दोस्रो खेलमा अर्को नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग ३-१ ले पराजित भएको थिए । खुमलटारको ३ खेलबाट ३ अंक छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार