Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • फेरि ठेलागाडामै बदाम बेच्न थाले ‘काचा बदाम’ गायक बाड्याकर

    फेरि ठेलागाडामै बदाम बेच्न थाले ‘काचा बदाम’ गायक बाड्याकर

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 633
    SHARES

    एजेन्सी । टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’का गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् ।

    ‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा फर्किएका छन् ।



    उनले अहिले ठेलामै पुनः बदाम बेच्न थालेका छन् । भारतको पूर्वी बंगालको वीरभूम जिल्लाको दु्रबाजपुरका बासिन्दा उनी टिकटककै कारण हिट भएका थिए ।



    सन् २०२२ को फेब्रुअरी ५ मा उनले टिकटकमा पोस्ट गरेको उक्त गीत टिकटकसहित फेसबुक र इन्स्टाग्राममा हिट भयो । उनलाई कार्यक्रममा गाउन निम्तो गरियो भने उनले मनग्य पैसा पनि कमाए ।

    देश, विदेशबाट उनले राम्रो पैसा कमाए । तर उनको खराब दिन त्यसबेला सुरु भयो जतिबेला उनले भूलवश कपीराइट अधिकार बिक्री गरे । गोधुली बेला म्युजिक युट्युब च्यानलका गोपाल घोषले भुवनलाई फकाएर कागजमा हस्ताक्षर गर्न लगाएपछि उनको ओरालो त्यहींदेखि सुरु भयो ।

    नयाँ गीतबाट आएको ६० प्रतिशत कमाइ भुवन र ४० प्रतिशत युट्युबले राख्ने भनेर उनले फकाए । त्यतिबेला तीन लाख भारु साइनिङ अमाउन्ट पनि भुवनले पाएका थिए । बाँकी पैसा पछि दिइने सर्त राखियो तर कागजमा चाहिं कपीराइट बिक्री भएको व्यहोरा उल्लेख भयो ।

    भुवनले आफूले अंग्रेजी नबुझेकाले झुक्याएर हस्ताक्षर गर्न लगाइएको बताएका छन् । अहिले यो घटनापछि उनी पुनः गाउँमै फर्किएर ठेलागाडामा बदाम बेच्न थालेका छन् । उनले स्थानीय प्रहरीमा उजुरी दिएपनि अबको प्रक्रिया के हुन्छ भन्नेबारे खुलाइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार