Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

    उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 2.4K
    SHARES

    काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    शनिबार बिहान नौ बजे बस्नेगरी बोलाएको एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।



    बैठकले उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्नेछ । साथै राष्ट्रपति निर्वाचनबारे समेत बैठकमा समीक्षा हुनेछ ।



    उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

    राष्ट्रपतिमा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको थियो । नेम्वाङलाई हराउदै आठ दलीय सत्ता गठबन्धनका रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार