Online Nepal
  • शुक्रबार, १६ साउन २०८२
  • अस्ट्रेलियाबाट समीक्षा लेख्छिन् – जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र !

    अस्ट्रेलियाबाट समीक्षा लेख्छिन् – जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र !

    अनलाइन नेपाल
  • शुक्रबार, २६ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । गायिका समीक्षा अधिकारीले अस्ट्रेलियाबाट एउटा भावुक स्टाटस लेखेकी छन् । केही दिनअघि मात्र अस्ट्रेलिया गएकी उनले जिन्दगीको खेललाई सजिलै नकार्न कहाँ सकिन्छ र भन्दै लेखेकी हुन् ।

    केही केही दिनअघि मात्र अस्ट्रेलिया उडेकी उनी त्यहाँ किन गइन् भन्ने चासो धेरैलाई छ । कतिपयले अब उनी गायन क्षेत्रबाट पलायन भएको अनुमान पनि गरिरहेकी छन् । तर यसबारे समीक्षाले अहिलेसम्म केही बताएकी छैनन् ।



    आफू अस्ट्रेलिया यात्रामा रहेको र कमेरो इभेन्टस अस्ट्रेलियाद्वारा आयोजित ‘रकडेल होली मेला’ मा सहभागी हुन लागेको जानकारी दिएकी छन् ।

    उनले लेखेकी छिन् ‘जिन्दगीको खेललाई सजिलै नकार्न कँहा सकिन्छ र तरपनि दुख अनि सुखलाई आत्मसात गर्दै अष्ट्रेलियाको यात्रामा छु। कमेरो ईभेन्टस अष्ट्रेलिया द्बारा आयोजित रकडेल होलि मेला २०२३ मा हजुरहरुसँगै होली मनाउनको लागि म पनि आउँदैछु अनि हजुरहरु पनि आउनु है त ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार