Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै

    उपराष्ट्रपतिबारे निर्णय लिन एमाले सचिवालय बैठक बस्दै

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 585
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । उपराष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न बैठक बिहान ९ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो ।

    बैठकमा उपराष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल गरिने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।



    गुरूङका अनुसार आजको बैठकले उपराष्ट्रपतिमा उम्मेदवारी दिने या नदिने र दिने भए कसलाई उम्मेदवार बनाउने विषयमा टुंगो लगाउनेछ।



    यसअघि नेकपा एमालेले ८ दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका नेता उपराष्ट्रपति उम्मेदवार बनाएमा आफूहरूले उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

    उपराष्ट्रपतिका लागि आज शनिबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिनेछ।

    शनिबार नै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गरेका उम्मेदवारको सूची प्रशासन हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार