Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन : मन्त्री किराँती

    पशुपति सफा गर्न सकेनौँ भने देश कहिले सफा हुँदैन : मन्त्री किराँती

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 513
    SHARES

    काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको बताएका छन् ।

    शनिवारबाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।



    मन्त्री किराँतीले नेपालमा ठुलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताए ।



    उनले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिए ।

    सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै उनले आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार