Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधान विपरीत : एमाले

    उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधान विपरीत : एमाले

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 417
    SHARES

    काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने निष्कर्ष निकालेको छ ।

    शनिबार बिहान बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष हुन नमिल्ने निष्कर्ष निकालेको हो ।



    एमालेले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ । ’



    एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार उठाउनु संविधानको मर्म विपरीत भएको बताए ।

    बैठकले राष्ट्पतिमा खसआर्यबाट पुरुष राष्ट्पति भैसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने एमालेको ठहर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार