Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • जनमत पार्टीका अध्यक्ष राउतले भने – गठबन्धन टुट्दैन, सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुन्छ

    जनमत पार्टीका अध्यक्ष राउतले भने – गठबन्धन टुट्दैन, सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 471
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले उपराष्ट्रपतिका लागि गठबन्धन दलमा सहमति नभए मित्रवत् प्रतिस्पर्धा हुने बताएका छन् ।

    अध्यक्ष राउतले सत्तारुढ दलहरुबीच साझा उम्मेदवारमा सहमति नभए आफ्नो पार्टीले चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका हुन् ।



    उनले भने, ‘सहमति नभए हामी मित्रवत् प्रतिस्पर्धा गर्छौँ । गठबन्धनमा पनि कुरा राखिसकेका छौँ । भोलिसम्म सहमति जुट्नेमा विश्वस्त छौँ । हाम्रो बटमलाइन मित्रवत् प्रतिस्पर्धा नै हुन्छ ।’



    सत्तारुढ दलहरुबीच शनिबार बिहान बसेको बैठकमा भएको सहमति अनुसार नै गठबन्धनबाट तीन जनाको उम्मेदवार दर्ता भएको पनि दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार