Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रदीप पौडेल भन्छन् – नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्छ

    प्रदीप पौडेल भन्छन् – नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्छ

    अनलाइन नेपाल
  • शनिबार, २७ फाल्गुन २०७९
  • 693
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएका छन् ।

    काठमाण्डौंको बूढानीलकण्ठमा सञ्चालित ज्ञान चक्षु स्कुलको १७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।



    उनले शिक्षा क्षेत्र प्रविधिमैत्री र प्रतिस्पर्धात्मक हुँदै गएकाले समयानुकूल शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने बताए । “सरकारी विद्यालयभन्दा निजीस्तरका विद्यालयको शैक्षिक गुणस्तर राम्रो छ, निजी विद्यालयको शुल्क महँगो छ, अभिभावकले तिर्न कठिनाइ भएको छ, राज्यले यसबारे सोच्नुपर्ने बेला आएको छ”, उनले भने ।



    प्रमाणपत्रमुखी भन्दा नेतृत्व गर्ने शिक्षा आजको आवश्यकता भएको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार