Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

    गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 480
    SHARES

    काठमाडौं । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र_ नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ ।

    राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो ।



    सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी (नेसपा) र प्रभु साह नेतृत्वको आम आदमी पार्टीसमेत सामेल भएका छन् ।



    प्रधानमन्त्रीनिवास बालुवाटारमा उपराष्ट्रपतिको उम्मेदवार चयन गर्न शनिबार बसेको बैठकमा साह नेतृत्वको आम आदमी पार्टी पनि सहभागी भएको हो । योसँगै गठबन्धनमा संसदीय र संसद् बाहिरका गरी १० दल पुगेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार