Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आफूविरुद्ध परेको उजुरीको जवाफ दिन निर्वाचन कार्यालय पुगे उपराष्ट्रपति उम्मेदवार यादव

    आफूविरुद्ध परेको उजुरीको जवाफ दिन निर्वाचन कार्यालय पुगे उपराष्ट्रपति उम्मेदवार यादव

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 3.1K
    SHARES

    काठमाडौं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।

    यादव आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका हुन् ।



    यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् ।



    निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

    जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार