Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रहरी हिरासत फोडेर भागेका थप एकजना पक्राउ

    प्रहरी हिरासत फोडेर भागेका थप एकजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 516
    SHARES

    धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट भागेका थप एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका ७ का ३६ वर्षीय शंकर महतो छन् ।



    महतोलाई शनिबार राति ८ बजे पर्साको वीरगञ्ज महानगरपालिका-१६ इनर्वास्थित भन्सार हुँदै लुकीछिपी नेपालबाट भारततर्फ भाग्ने क्रममा पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ ।



    गत फागुन १५ गते राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये चारजनालाई भागेको एकसाता भित्रै प्रहरीले पक्राउ गरेको थियो ।

    खोजतलास गर्ने क्रममा घटनाकै भोलिपल्ट पुस १६ गते मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो, फागुन १७ गते क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय हरिदिप सिंह , २५ वर्षीय अमित मण्डल र १८ गते राति क्षिरेश्वरनाथ नगरपालिका ५ का ३९ वर्षीय विनोद कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको थियो । एकजना थुनुवा भने अझै फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार