Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

    आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 486
    SHARES

    फाइल फोटो

    काठमाडौं । आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

    लघुवित्तले सर्वसाधारणका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ६९ हजार ७६५ कित्ता साधारण सेयर निष्काशन गरेको थियो।



    सो सेयरमा कुल १५ लाख ३८ हजार ४६६ जनाले आवेदन दिएका थिए। जसमध्ये १५ लाख ३६ हजार २६३ आवेदन स्वीकृत भएको छ भने २ हजार २०३ आवेदन रद्द भएको छ।



    मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले लघुवित्तको आईपीओ बाँडफाँट गरिएको हो।

    जसअनुसार १६ हजार ९७६ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्। जसमध्ये भाग्यमानी ५ जनाले भने लघुवित्तको थप १ कित्ता अर्थात कुल ११ कित्ता सेयर प्राप्त गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार