Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता, वामशक्तिबीच एकताबारे छलफल

    पूर्वप्रधानमन्त्री खनाल र विप्लवबीच भेटवार्ता, वामशक्तिबीच एकताबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 513
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ’विप्लव’सहित नेता खड्ग बहादुर विश्वकर्मा ’प्रकान्ड’ बीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आइतबार खनालनिवास डल्लुमा भेटवार्ता भएको हो ।



    दुई घण्टासम्म चलेको भेटवार्तामा उनीहरुबीच आगामी दिनमा सबै बामपन्थीहरुबीच एकताको सम्भावनाबारे कुराकानी भएको बताइएको छ ।



    साथै वर्तमान समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा कुराकानी भएको छ । त्यसक्रममा कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी औसरवाद हावी हुँदै गएप्रति नेताहरुले चिन्ता व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार