Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ

    बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २८ फाल्गुन २०७९
  • 510
    SHARES

    महोत्तरी । बुहारीलाई शारीरिक र मानसिक यातना दिएको आरोपमा ससुरा पक्राउ परेका छन् ।

    महोत्तरीको औरही नगरपालिका वस्ने उन्की बुहारी नेहा चौधरीले दिएको किटानी जाहेरीका आधारमा ससुरा राम प्रवेश चौधरी पक्राउ परेका हुन् ।



    २० असोज २०७९ मा दाइजो नल्याएको भन्दै श्रीमान पंकज चौधरी र ससुरा राम प्रवेश चौधरीले घरमा नै बस्न नदिएको भन्दै उनीविरुद्ध नेहा चौधरीले मुद्दा हालेकी थिइन् ।



    त्यस लगत्तै श्रीमान् पंकजलाई भने अदालतको आदेश वम्मोजिम प्रहरीले पक्राउ गरि पुर्पक्षको लागि जेल चलान गरिसकेको छ । तर पंकजका वुवा राम प्रवेश फरार भएका थिए ।

    मनरासिस्वा नगरपालिकाको कट्टी गाउँ स्थित दशगजा नजिकै लुकिछिपी बसिरहेको बेला उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार