Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आईसीसी विश्वकप लिग–२

    पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

    पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 765
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले कीर्तिमानी जित हात पारेको छ ।

    सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित गरे सोझै विश्वकप छनोट खेल्नेछ। पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षति भेट्टायो।



    नेपालको जितमा आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले नटआउट ५३ रन जोड्ने क्रममा २१ बलमा ८ चौका र ३ छक्का प्रहार गरे । कुशल मल्लले नटआउट १२ रन जोडे ।



    त्यसअघि ओपनर कुशल भुर्तेल ३३ रन जोडेर आउट भएका थिए । उनले १४ बलमा ४ चौका र २ छक्का हिर्काए। उनले कबुआ मोरियाको दोस्रो ओभरमा २६ रन प्रहार गरेका थिए ।

    टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पिएनजी सन्दीप लामिछानेले पाँच विकेट लिए पछि ३२ ओभरमा ९५ रनमै अलआउट भयो ।

    पीएनजीलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि लामिछानेले ५ विकेट, ललित राजवंशी र कुशल मल्लले समान २–२ तथा सोमपाल कामीले १ विकेट लिए । नेपाल, युएई र पिएनजीबीचको यो सिरिज सात देशबीचको आइसिसी विश्वकप लिग(२ को अन्तिम सिरिज हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार