Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तुलसी सहकारीले डेढ अर्ब हिनामिना गरेको आरोप, तीन सञ्चालक पक्राउ

    तुलसी सहकारीले डेढ अर्ब हिनामिना गरेको आरोप, तीन सञ्चालक पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 585
    SHARES

    मोरङ । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका तीनजना सञ्चालक पक्राउ परेका छन् । सर्वसाधारणले बचत गरेको एक अर्ब ४८ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

    सेयर सदस्य तथा बचतकर्ताहरूको उजुरीका आधारमा सहकारीका उपाध्यक्ष विराटनगर-६ घर भएकी अनिता गौतम, सचिव झापा भद्रपुर-१४ की सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर-३ घर भएका मन्दीप खवासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेले जानकारी दिए ।



    पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सहकारीका अध्यक्ष केदारनाथ शर्मा फारार छन् । आइतबारसम्ममा मोरङका मात्र १ सय २१ जनाले १२ करोड ९ लाख ४ हजार ४ सय ८७ रुपैयाँ बराबरको रकम ठगी भएको उल्लेख गर्दै सरकारीका सञ्चालकविरुद्ध उजुरी परेको एसपी पोखरेलले जानकारी दिए ।



    सहकारीका ८ जना सञ्चालकविरुद्ध उजुरी परेको छ । त्यसमध्ये तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको छ । पोखरेलले अध्यक्षसहित अन्य पाँच जनाको खोजतलास भइरहेको जानकारी दिए । उनका अनुसार यो विषयमा जिल्ला प्रहरी सहित सीआईबी र प्रदेश प्रहरी ब्यूरोले पनि बेग्लै अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार