Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • आईजीपीबाट हटेपछि पनि कसरी पाए खनालले हतियारसहितको सुविधा ?

    आईजीपीबाट हटेपछि पनि कसरी पाए खनालले हतियारसहितको सुविधा ?

    अनलाइन नेपाल
  • सोमबार, २९ फाल्गुन २०७९
  • 3.7K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलको महानिरीक्षकबाट १० महिनाअघि सेवानिवृत्त भएका र सरकारी पेन्सन लिएर निजी कम्पनीमा काम गर्दै आएका शैलेन्द्र खनालले संचार सेट र हतियारसहितका सुरक्षाकर्मी लिएर हिंड्ने गरेको पाइएको छ ।

    सशस्त्रले भूतपूर्व आईजीपीलाई बढीमा सवारी चालकसहित ५ जनासम्म सुरक्षाकर्मी उपलब्ध गराउन सक्छ । तर, हतियार संचारसेट सहितको सुविधा भने कार्यविधि बिपरीत पूर्वआईजीपी खनालले लिने गरेका छन् ।



    उनी हतियार र संचारसेट सहितको सुरक्षा लिएर दरबारमार्गस्थित दीपक मल्होत्राको आइएमएस ग्रुपमा काम गर्न जाने गरेका छन् । पूर्वआइजीपी खनाललाई हतियार र संचार सेटको सुविधा सशस्त्र प्रहरीको मुख्यालयबाट नदिइएको खुलेको छ । मल्होत्राको कम्पनीमा जागिरे खनाललाई हतियारसहितका सुरक्षाकर्मी उपलब्ध गराउने काम सशस्त्र प्रहरी बल विपत उद्धार गण (साविक उपत्यका सुरक्षा गण) ले गरेको स्रोत बताउँछ ।



    स्रोतका अनुसार उक्त गणका गणपति पूर्ण साउदले शैलेन्द्र खनाललाई हतियार र संचारसेटसहितको सुरक्षाकर्मी पठाएका छन् । खनाल आईजीपी हुँदा साउद सशस्त्रको खरिद हेर्ने प्रबन्धमा कार्यरत रही अकूत लाभ लिएका एसपी हुन् । खनाल ४ बर्ष आइजीपी हुँदा सशस्त्रका प्रबन्धमा बसी साउदले ठेक्कामा सेटिङ मिलाउने काम गर्थे । सशस्त्र प्रहरीको आईजीपी छँदा खनालमाथि इन्सपेक्टरदेखि एसपी सरुवासम्म ठूलो आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।

    खरिदबाट मात्रै उनले करोडौं लाभ लिएको भन्दै अख्तियार दुरुपयोग आयोगमा परेको उजुरीको अझै किनारा लागेको छैन । खनालले पदमा हुँदा प्रबन्ध जस्तै आकर्षक ठाउँमा राखेको गुन तिर्न साउदले उनलाई हतियारसहितको सुरक्षाकर्मी उपलब्ध गराएको स्रोतले जनाएको छ ।

    साउदलाई खनालको अवकाशपछि हालका आईजीपी राजु अर्यालले पनि उपत्यकाको आकर्षक मानिने विपत उद्धार गणमा ७ महिना काजमा राखिसकेपछि केही दिनअघिको सरुवामा त्यहीँ दरबन्दी कायम गरिदिएका छन् ।

    नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल अमेरिका गएपछि मल्होत्राको कम्पनीमा शैलेन्द्र खनालले काम गर्दै आएका छन् । अवकाश पाएको १ बर्ष नपुग्दै उनी केही महिनादेखि दीपक मल्होत्राको कम्पनीमा काम गर्न थालेका हुन् ।

    सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले पूर्वआईजीपीका लागि गृहमन्त्रालयको कार्यबिधिले तोकेको सुविधा अनुसार सुरक्षाकर्मी खटाउने गरेको बताए । उनले भने–‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार नै सशस्त्रका आईजीपीले सुरक्षाकर्मी पाउने हुन् । के कति पाउने भन्ने कार्यबिधिमै हेर्नुपर्छ ।’

    संचार साधन र हातहतियार सुरक्षामा खटिने सुरक्षाकर्मीले आ-आफ्नो निकायबाट व्यबस्थापन गर्ने कार्यबिधीमा उल्लेख छ।

    प्रवक्ता थापाले पूर्वआईजीपीलाई हतियार र संचार सेट दिने ब्यवस्था कार्यबिधि अनुसार हुने वताए । यस बारेमा पूर्व आईजीपी खनालसँग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार