Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • मलमा अनुदान कटौतीपछि एमाले नेता रावलको प्रश्न – सरकार जनताको होइन ?

    मलमा अनुदान कटौतीपछि एमाले नेता रावलको प्रश्न – सरकार जनताको होइन ?

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 696
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा.भीमबहादुर रावलले नेपाल सरकारले मलमा दिने अनुदान कटौती गरेको भन्दै तिव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

    आज सामाजिक सञ्जालमा लेख्दै नेता रावलले सो असन्तुष्टि जनाएका हुन् ।



    उनले लेखेका छन्,’पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ।नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने,भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी,माछा र केराले बजार नपाउने,चिया,अलैची र अदुवा निर्वाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन?!’



    सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफुल तरकारीमा विषादी परीक्षण नगर्ने, नेपाली किसानको तरकारी, माछा र केरामा बजार नपाउने नीति गलत रहेको उनको भनाइ छ ।

    सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ। अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डीएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ।

    यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डीएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार