Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संघीयता कार्यान्यनमा तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : राजेन्द्रसिंह रावल

    संघीयता कार्यान्यनमा तीनै तहका सरकारले मानसिकता बदल्नुपर्छ : राजेन्द्रसिंह रावल

    अनलाइन नेपाल
  • बुधबार, १ चैत्र २०७९
  • 345
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुलुकले पहिलोपटक संघीयताको अभ्यास गरेकाले संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट तथा समन्वयमा केही समस्या र कमीकमजोरी देखिएको बताएका छन् ।

    प्रदेश सरकारको अभ्यास, उपलब्धि र चुनौतीबारे गरिएको जिज्ञासामा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा आगामी दिनमा अभ्यस्त भई सुधार हुँदै जाने विश्वास व्यक्त गरे।



    निवर्तमान मुख्यमन्त्री रावलले भने “संघले अधिकार दिन अझै आनाकानी गरिरहेको छ । प्रदेश प्रहरी र प्रशासनिक संयन्त्रमा उसकै नियन्त्रण कायमै छ । संघीयता कार्यान्यनको सन्दर्भमा तीनै तहले मानसिकता बदल्न जरुरी छ ।”



    नेकपा एमालेका पोलिटब्यूरो सदस्य रावलले देशमा तीन तहको सरकारको अभ्यास हुने अवसर प्राप्त हुने विषयमात्रै पनि नेपाल र नेपालीका लागि सुखद् र सकारात्मक विषय रहेको टिप्पणी गरे ।

    उनले भने, “तीन तहका सरकारको अभ्यास गर्ने क्रममा अधिकारको निक्षेपण पहिला नभएकाले अवधारणा राम्रो भए पनि संविधान कार्यान्वयन र अधिकार बाँडफाँटको सन्दर्भमा छिटोछरितो ढङ्गले अघि जान सकेनौँ ।” रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार